नियम १६५
अदालत व्यवस्थापन समिति
(१) अदालतमा रहेका मुद्दा मामिला, इजलास व्यवस्थापन, अभिलेख, सूचना, भौतिक तथा वित्तीय स्रोत जस्ता विषयहरूमा आवश्यक अध्ययन गरी व्यवस्थापन गर्न देहाय बमोजिमको अदालत व्यवस्थापन समिति रहनेछः-
(क) मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीश - अध्यक्ष (ख) मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने
न्यायाधीशले तोकेको न्यायाधीश - सदस्य (ग) सम्बन्धित सरकारी वकिल कार्यालयको प्रमुख -सदस्य (घ) रजिस्ट्रार - सदस्य- सचिव
(२) उपनियम (१) बमोजिमको समितिको बैठकमा सम्बन्धित अदालतको बार एकाइको अध्यक्षलाई आमन्त्रण गर्न सकिनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी अन्य व्यवस्था समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। ११६५क. पेसी व्यवस्थापन समितिः (१) अदालतमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्न देहाय बमोजिमको एक पेसी व्यवस्थापन समिति रहनेछः-
(क) मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीश - अध्यक्ष
(ख) वरिष्ठतम दुईजना न्यायाधीश - सदस्य
(२) कुनै कारणवस मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीश वा वरिष्ठतम दुईजना न्यायाधीशहरू मध्ये कुनै एक वा दुवैजना अनुपस्थित रहेमा सो अवधिको लागि त्यसपछिको वरिष्ठताको क्रममा रहेको न्यायाधीशले पेसी व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य भई कार्य गर्नेछ।
(३) रजिस्ट्रारले पेशी व्यवस्थापन समितिको सचिवको रूपमा काम गर्नेछ।
(४) पेसी व्यवस्थापन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
(५) पेसी व्यवस्थापन समितिको बैठक तथा निर्णयसम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरेबमोजिम हुनेछ।
(६) पेसी व्यवस्थापन समितिको“काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-
क मुद्दा पेसी चढाउन निश्चित मापदण्ड बनाउने,
ख पेसी व्यवस्थापनलाई पारदर्शी र विश्वसनीय बनाउन आवश्यक कार्य गर्ने,
ग पेसी व्यवस्थापनका सम्बन्धमा निर्धारित मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्ने,
घ सर्वोच्च अदालतले बनाएको पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम पेसी व्यवस्थापन गर्ने, गराउने,
ङ सर्वोच्च अदालतले बनाएको पेसी व्यवस्थापन सम्बन्धी निर्देशिकाको कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भएमा आवश्यक निकासा दिने,
च पेसी व्यवस्थापनका सम्बन्धमा रजिस्ट्रारलाई आवश्यक निर्देशन दिने।